प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री

एटुजेड समाचार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।

ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन् ।सत्ता गठबन्धनलाई छाडेर जसपाले विपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले उसका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू