भरतपुर – भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले चितवनमा आर्थिक क्रान्तिको सुरुवात सहकारीबाटै भएको बताएका छन् ।
उनले चितवन सहकारीको उद्गम स्थल भएको भन्दै सहकारीको माध्यामबाट आम नागरिकमा आएको परिवर्तनको सिको अन्य जिल्लाले गरिरहेको उनको भनाइ थियो । पञ्चज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारी भविष्यको दिगो पुजि भएको बताए ।
उप-प्रमुख अधिकारीले ;एकले सबैलाई सबैले एकलाई’ भन्ने उदेश्यका साथ चितवनको सहकारी क्षेत्र दिनानुदिन फराकिलो बन्दै गएको प्रति खुशी व्यक्त गरे । कार्यक्रममा संस्थाकी सचिव हरिकला सुवेदीले प्रगति प्रतिवेदन र लेखा समिति सदस्य शान्ता रावलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भरतपुर २१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, संस्थाका उपाध्यक्ष दिपामाया लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।