चितवन राष्ट्रिय निकुञ्जमा चालु आवमा दुई गैंडा मरे

एटुजेड समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९-८० मा दुई वटा गैंडा मरेका छन् ।

चालु आवको साउन १ देखि असोज २७ गतेसम्ममा दुई गैंडाको मृत्‍यु भएको हो । ती मध्ये एक पोथी बच्चा र अर्को भाले गैंडा हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको साउन ५ गते अमलटारी क्षेत्रमा पोथी बच्चा गैंडा मृत अवस्थामा फेला परेको थियो । एक वर्ष पाँच महिनाको उक्त गैंडाको माउबाट छुट्टिएर प्राकृतिक कारणले मृत्यु भएको तिवारीले बताए ।

यस्तै असोज २७ गते बिहीबार पूर्वी चितवनको खैरहनी नगरपालिका १२ ईचर्नीमा १२ वर्षे भाले गैंडाको मृत अवस्थामा फेला परेको थियो । उक्त गैंडाको करेन्ट लागेर मृत भएको उनले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु