सहकारी अर्थतन्त्रको खम्बा हो : उप – प्रमुख अधिकारी

एटुजेड समाचार

भरतपुर –  भरतपुर महानगरका उप – प्रमुख चित्रसेन अधिकारीले सहकारी बिनाको बिकास सम्भब नभएको बताउनु भएको छ । अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी एक खम्बाको रुपमा स्थापित भएको बताउदै उप-प्रमुख अधिकारीले सहकारी उत्पादन र ब्यबसायी मुखी हुनु पर्नेमा जोड दिनुभयो ।

अथर्व बचत तथा ऋण सहकारी सस्थाको २४ औ बार्षिक साधारणसभा तथा भरतपुर २१ मा रहेको राम्रो सेवा केन्द्रका सदस्यहरुको इकाइ बैठकलाई सम्बोधन गर्दै उप – प्रमुख अधिकारीले यस्तो धारणा राख्नु भएको हो ।

भरतपुर महानगरको निति सहकारीलाई उत्पादन र ब्यबसाय सग जोड्नु रहेको प्रष्ट पार्दै उहाँले हरेक नागरिकलाई उत्पादन सग जोड्ने गरि काम अगाडि बढिरहेको पनि बताउनु भयो । सहकारीले दिगो आर्थिक बिकासमा थप टेवा पुर्‍याएको पनि उहाँको तर्क छ ।

फरक प्रसगमा उप प्रमुख अधिकारीले रोकिएको कित्ताकाटले आर्थिक क्षेत्रमा ठुलो नोक्सान समेत भएको जिकिर गर्नु भयो । प्रत्येक वडाबाट जग्गा वर्गीकरणको मापदण्ड बनेर आइनसकेको हुँदा कित्ताकाटको समस्या झन बिकराल बन्दै गएको प्रति उहाँको आक्रोश थियोे ।

कार्यक्रममा सेवा केन्द्र प्रमुख सन्जु पौडेलले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन,सस्थाका सचिव सृजना बसौला देबकोटाले आर्थिक बर्ष २०७८/०७९ को प्रगति प्रतिबेदन, कोषाध्यक्ष गोबिन्दराज खरेलले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन तथा लेखा समितिका सयोजक ठाकुर प्रसाद लामिछानेले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा सेवा केन्द्रका सयोजक हिरेन्द्र बराल,सस्थाका अध्यक्ष बिजया भण्डारी लम्साल,शेयर सदस्य राजु सापकोटा, सेवा केन्द्रका पुर्ब अध्यक्ष ऋषिकेश गिरि लगाएतले मन्तव्य राख्नु भएको थियोे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू