चितवन ३ मा काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले पाए चुनाव चिन्ह माछा

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । उनले आफुलाई पार्टीले टिकत नदिएपछी गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आज (बुधवार)  निर्वाचन कार्यालयले चुनाव चिन्ह माछा दिएको हो । कोइरालालाई नेकपा एमालेले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएर समर्थन गर्ने भएको छ ।एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको हो ।

चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । भने राप्रपाबाट बिक्रम पाण्डेले उम्मेदवार दिएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू