चितवन – चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको हो ।
जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताएका छन् ।