काठमाडौं – नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधसभा उमेदवार रेशम चौधरीको उमेदवारी खारेज भएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उमेदवारी खारेज गरिदिएको हो ।उनले वारिसनामाबाट उमेदवारी दिएका थिए ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोगमाचौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।