बागी उम्मेदवारी फिर्ता नलिनेलाई सत्ता गठबन्धनले पार्टीबाट निष्कान गर्ने

एटुजेड समाचार

काठमाडौं – सत्ता गठबन्धन दलले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी बुधबार दिउँसो १ बजेभित्र फिर्ता लिन निर्देशन दिएका हुन् ।

बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिईएको छ । विज्ञप्तिमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू