चितवनमा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कारको आरोपमा एक पक्राउ

एटुजेड समाचार

चितवन – चितवन बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीले सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कारको आरोपमा कालिका नगरपालिका ४ बलरामटोलका २७ वर्षीय सलिम गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङमाथि गत २३ गते बेलुकी ५:३० बजे बालिकालाई बलात्कारको आरोप लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गुरुङविरुद्ध पीडित बालिकाकी आमाले जाहेरी दिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू