राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

एटुजेड समाचार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको राष्ट्रपति कार्यालय, शीतल निवासले जानकारी दिएको छ ।

३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू