दसैंमा ‘चचहुई सरर’ लिएर आए जिवी (भिडियोसहित)

एटुजेड समाचार

चितवन – नेपालीहरुको महान पर्व वडा दसैं सुरु भइसकेको छ । दसैंसँगै बजारमा दसैंका गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसै क्रममा गायक जिवी सुनारको दसैं गीत सार्वजनिक भएको छ ।

उनले आफ्नै युट्युब च्यानलमार्फत ‘चचहुई सरर’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा जिवीकै शब्द, संगीत तथा उनकै आवाज रहेको छ । गीतमा कोरस भोकल सविना चौधरीको छ । दीपकराज विश्वकर्माले गीतमा संगीत संयोजन गरेका छन् ।

गीतमा दसैं तिहार र गाउँघरलाई जोडिएको छ । गीतको भिडियोलाई गायक सुनारले नै निर्देशन गरेका हुन् । भिडियोमा जिवीसँगै अनिता सुनार फिचर्ड छन् । सन्तोष सुनारले खिचेको भिडियोको सम्पादक पनि उनी आँफै हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू