चितवन – क्यान्सर पीडित सन्तमाया प्रजालाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका ८ गैरीबारीकी ३३ वर्षीया प्रजालाई आज (बुधबार) स्थानीयले आर्थिक सहयोग गरेका हुन् । स्थानीयले उनी उपचाररत विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुगेर ६७ हजार ५० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी प्रजाको उपचारका लागि सहयोग रकम संकलन गरिएको स्थानीय ईश्वर गुरुङले बताए । सञ्चार माध्यममा सहयोगको अपिलसहितको भिडियो आएपछि रोजगारीको शिलशिलामा देश तथा विदेशमा रहेकाहरुबाट ६७ हजार ५० रुपैयाँ संकलन भएको थियो ।
गत बैशाखमा प्रजालाई क्यान्सर भएको पुष्टि भएको उनका श्रीमान सुरेश चेपाङले बताए । उनको केही दिन अघि मात्रै शल्यक्रिया भएको थियो।