नारायणगढमा रहेको फर्निटेक नेपालले ल्यायो चार्डपर्वमा ‘दशै तिहार ट्रीपल उपहार’

एटुजेड समाचार

चितवन – नारायणगढको लायन्सचोकमा रहेको फर्निटेक नेपालले ‘दशै तिहार ट्रीपल उपहार’को योजना ल्याएको छ । फर्निटेक नेपालले दशै तिहार तथा छठ पर्वलाई लक्षित गरि विभिन्न सामाग्री खरिद गर्दा ‘दशै तिहार ट्रीपल उपहार’ को योजना ल्याएको हो ।

यो योजना अवधिभर फर्निटेकबाट कुनै पनि फर्निचर खरिद गर्दा हरेक खरिदकर्तालाई विभिन्न उपहार प्याकेज दिईने फर्निटेक नेपालका प्रबन्ध निर्देशक हरिशचन्द्र अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार फर्निटेक नेपालबाट ५० हजार वा सो भन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले सि.एम.टी. रिसोर्जमा दुईजनाको लागि डिनर प्याकेज पाउने छन् ।

त्यस्तै २ लाख वा सो भन्दा बढीको फर्निचर खरिदमा हरेक खरिदकर्ताले अशोका रिसोर्टमा दुई जनाको लागि स्टे ( बेड र ब्रेकफास्ट) सहितको प्याकेज पाउने छन् ।

५ लाख वा सो भन्दा बढीको फर्निचर खरिद गर्दा खरिदकर्ताले दुई जनाको लागि सोल्टी वेस्टेन्ड रिसोर्टमा स्टे ( बेड र ब्रेकफास्ट)सहितको उपहार प्याकेज पाउनेछन् ।

यो योजना दशैको घटस्थापना देखी छठको भोलिपल्ट सम्म मान्य रहने निर्देशक अधिकारीले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु