चितवन – चितवन प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ का ३५ वर्षीय मिनबहादुर गुरुङ रहेका छन् । चितवन जिल्ला अदालतको २०७७ पौष २० गतेको फैसला अनुसार उनले लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद र एक लाख २० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
फरार भएका गुरुङलाई पक्राउ गरी आज (मंगलबार) कैद तथा जरिवाना भुक्तानको लागी अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।