भरतपुरका २६ जनाले गरे आँखा दानको घोषणा

एटुजेड समाचार

चितवन – लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाको सयुक्त आयोजनामा निःशुुल्क आँखा शिविर तथा मृत्युपर्यन्त आँखाको नानी दान कार्यक्रम सम्पन्न भएको छ ।

आज (शनिबार) भरतपुर महानगरपालिका १५ मा कार्यक्रममा भएको हो । कार्यक्रममा भरतपुुर १५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले मृत्युपछि आफुले आँखा दान गर्ने घोषणा गरे । उनको घोषणापछि टोल सुुधार समितिका २५ सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गरे ।

लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडीनै मृत्युपर्यन्त आँखाको नानी दान घोषणा गरिसकेका थिए ।निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्धितिय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथी प्रकाश पार्दै जिवित हुने बेलासम्म आँखाको सुुरक्षामा बिशेष ध्यान दिन र निधनपछि दान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा. प्राचि दुलालले एक जना मानिसको नानीबाट ४ जना मानिसले दृष्टि देख्न सक्ने भन्दै यसलाई अभियानकै रुपमा अगाडी बढाउन जोड दिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिव राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ, क्लबका एंव टोल सुुधार समितिका सदस्यहरु उपस्थित थिए ।

नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा एक सय ५५ जनाको आँखा परीक्षण गरिएको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू