गृहमन्त्री खाँण भन्छन् : टिकट पाउनेलाई सहयोग गर्नोस्

एटुजेड समाचार

बुटवल – गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचनमा सबै व्यक्ति उमेदवार बन्न सम्भव नरहेको बताएका छन् ।शनिबार गृहजिल्ला रुपन्देही आएका उनले आसन्न निर्वाचनका लागि उमेदवारका आकांक्षी धेरै भएको बताए । ती सबै उमेदवार बन्न नसक्ने भएकाले जसले टिकट पाए पनि अरूले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले सिद्धार्थ गौतमले त्याग नगरेको भए बुद्ध बन्न नसक्ने भन्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।भैरहवामा शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले शताब्दीपुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू