गीतानगर र जगतपुरमा भरतपुर महानगरको बजार अनुगमन

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगरको सयुक्त बजार अनुगमन टोलिले शुक्रबार गितानगर र जगतपुर बजारको अनुगमन गरेको छ । भरतपुर महानगरपालिकाले वडा न ६ गितानगर बजारमा २० वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको जनाएको छ । बिशेष गरि खाद्यान्न, दूध डेरी,माछा तथा मासु पसल,सैलुन तथा कस्मेटिक पसलहरुमा कडाइका साथ अनुगमन गरिएको छ,भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका अधिकृत ठानेश्वर सापकोटाले भने ।

उनका अनुसार गितानगर बजारमा व्यापक मात्रमा पसलहरु बिना दर्ता सन्चालन भएका, मूल्य सुचि नराखीकन व्यापार गरेका, नवीकरण नगरिएका, म्याद सकिएका दैनिक उपभोग्य बस्तुहरु खुलेआम बिक्रीवितरण भएको पाइएको हो । खास गरि भारतबाट आएर सैलुन पसल सन्चालन गरि बसेकाहरुले भने दर्ता नै नगरी निर्बाध रुपमा पसल सन्चालन गरेको पाइयो, भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले भने । एक पटकलाइ हामीले छाडेका छौ तर अर्को पटक पुन आउदा कारबाही हुन्छ भन्ने शर्तमा उनिहरुलाइ बुझाएर वडामा अबिलम्ब दर्ता गर्न आउन भनेका छौ ।

उक्त अनुगमन टोलीले आजै भरतपुर २३ जगतपुर बजार क्षेत्रमा पनि अनुगमन गरेको छ । अनुगमन टोलिले जगतपुर बजारमा ३३ वटा पसलहरुमा बिशेष निगरानीका साथ अनुगमन गरेको जनाएको छ । ३३ वटा पसल मध्ये अधिकाश पसलहरु बिना दर्ता सन्चालन गरिएको पाइयो ,वडा सदस्य अन्जु परियारले भनिन् ।

केही पसलहरु दर्ता भए पनि नवीकरण नगरी चलाएको पनि पाइएको छ । त्यस्तै केही पसलहरुमा मुल्य सुची नभएको, कहि कतै अखाद्य बस्तुहरु फेला परेका छन । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका बस्तुहरुलाइ वडा सदस्य तथा अन्य प्रतिनिधिहरुको रोहबरमा नस्ट समेत गरिएको छ । भरतपुर महानगरका पशु अधिकृत शिव अर्यालले बजार अनुगमन गर्दा मासु पसलहरुमा सरसफाइका साथै जनचेतनाको पनि खाचो रहेको प्रष्ट पार्नु भयो । बजारमा अझै पनि जनचेतनाको जरुरी रहेको देखिएको छ, अनुगमन सग सगै जनचेतना पनि आबश्यक छ अर्यालले भने ।

जनगुनासो आएको भन्दा पनि धेरै व्यापक रुपमा बजार भद्रगोल देखियो, कृषि अधिकृत पुरुषोत्तम अर्यालले भने । यस्तो अवस्थामा रहेको बजारलाई सुधार्न समय लाग्ने पनि अर्यालको तर्क थियोे ।गत भदौ महिनाबाट बजार अनुगमन शुरु गरेको महानगरले बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ बिशेष निगरानीका साथ कडाइ गरेको छ ।

उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । बिहिवार सम्म मात्रै महानगरले नारायणगढ, भरतपुर,रामनगर,जुगेडी, चनौली लगाएतका विभिन्न क्षेत्र तथा बजारमा गरि १ सय भन्दा बढी पसलहरुमा अनुगमन गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू