दिपज्योति ब्रण्डको शुद्ध तोरीको तेल बजारमा

एटुजेड समाचार

भरतपुर – दिपज्योति ब्रण्डको शुद्ध तोरीको तेल बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६, शिवघाटमा रहेको सालासर बालाजि आयल ईन्डष्ट्रीज प्रा.लिले दिपज्योति ब्रण्डको प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको हो ।

उद्योगी दुर्गा प्रसाद काफ्लेका अनुसार यो उद्योग आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग हो । ‘हामीले तेलको मौलिक गुणसँग कुनै सम्झौता गरेका छैनौं, विकसित मुलुकमा प्रयोग हुने प्रविधि र कच्चा पदार्थको प्रयोग गरी नेपालमै उच्च गुणस्तरीय तेल उत्पादन गरिरहेका छौं ।’—उत्पादक दुर्गा काफ्लेले भने ।

कम्पनीले ५ सय एमएल र ५ लिटरको ग्यालिनमा समेत तेल बिक्री वितरण गर्दै आएको छ । पाँच महिलाअघि सञ्चालन गरिएको उद्योगबाट उत्पादित तेलले चितवन संगै गोरखा, तनहुँ, लम्जुङ्ग, धादिङ्ग, मकवानपुरको बजारमा पुगेको छ। काफ्लेका अनुसार उद्योगले तेल विक्रिकेन्द्रहरुलाई दशैं र तिहार दिपज्योतिको बहार कार्यक्रम अन्तर्गत तेल विक्रि बापत विभिन्न पुरस्कारका योजनाहरु समेत ल्याएको छ ।

दिपज्योति ब्रण्डको तेल बेच्ने पसलहरुले स्कुटर, वासिङ्ग मेशिन, ल्यापटप, एसी, टिभि, साईकल लगायतका उपहारहरु जित्ने छन । यस बाहेक उद्योगबाट सनसिटि ब्रण्डको तेल पनि उत्पादन भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू