भरतपुरको लम्जुङचोकमा सोमबार इन्द्रेणी साँस्कृतिक कार्यक्रम हुँदै

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका १४ र १५ को सीमामा पर्ने लम्जुङचोकमा वृहत इन्द्रेणी साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय सरस्वती युवा क्लबले असोज १० गते घटस्थापनाको दिनमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । नेपालीहरुको महान पर्व दसैं, तिहार र छठको अवसरमा कार्यक्रम गर्न लागिएको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने क्लबका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

लोक संस्कृति जगेर्नाका लागि कार्यक्रम गर्न लागिएको केसीले बताए । कार्यक्रममा चर्चित कार्यक्रम इन्द्रेणीको टिमका कृष्ण कँडेल, छत्र शाही, मनमाया वाइवाको प्रस्तुति रहने उनले बताए । यस्तै गायिका सरिता गुरुङ श्रेष्ठ, गायक नारायण पौडेल, नृत्यकार अमृत राई तथा केही स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

बिहान १०:३० बजेबाट सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्ने क्लबका सल्लाहकार समिर केसीले बताए । कार्यक्रम करिब ६ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार कार्यक्रम सम्पन्न गर्न ९ लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान छ । कार्यक्रमबाट उठेको रकम क्लबको भवन स्तरोन्नती र सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू