निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत, चितवनमा को-को नियुक्त भए ?
चितवन – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
आयोगले चितवन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतमा रेशमराज सिग्देललाई नियुक्त गरेको छ । सिग्देल सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक हुन् ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा नियुक्त भएका छन् । भने निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा सडक बिभागका उपसचिव हरिसिंह धामी नियुक्त भएका छन् ।
तपाइँको प्रतिक्रिया