चितवनमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ
चितवन – चितवनमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले सोमबार राति भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट लागु पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार,भरतपुर १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर, जिल्ला लम्जुङ घर भई हाल भरतपुर २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ, भरतपुर १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ जिल्ला नवलपरासी (ब.सु.पु.) देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री, भरतपुर २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेका छन्।
तपाइँको प्रतिक्रिया