भरतपुर १२ ग्रीनल्याण्ड पब्लिक स्कुलमा साहित्यिक कार्यक्रम सम्पन्न
चितवन – भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । आज (आईतबार) अक्षर समूह चितवनको आयोजना तथा ग्रीनल्याण्ड पब्लिक स्कुलको सह आयोजनामा साहित्यिक कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा कवि रमेशचन्द्र घिमिरेको “बालबालिकाको माझमा” साहित्यिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कवि रमेश प्रभात संयोजक रहेको सो कार्यक्रममा साहित्यकार लेखराम सापकोटाले मन्तव्य ब्यक्त गरेका थिए। साहित्यकार विद्या भण्डारी”चिराग” ले सष्ट्रा परिचय, बिमला अधिकारीले रचना वाचन गरेका थिए ।
ग्रीनल्याण्ड पब्लिक स्कुलकि प्राचार्य इन्दिरा कार्किको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदी, अतिथिहरुमा डि. बि. बर्तौला, इन्दिरा पौडेल , डा. कर्ण बानिया, नानी बिवु, ग्रीनल्याण्ड स्कुलका विद्यार्थीहरु लगाएतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया