रत्ननगरको युनिक एकेडेमीमा नि:शुल्क दन्त परीक्षण शिविर

एटुजेड समाचार

चितवन – पूर्वी चितवनको रत्ननगरस्थित युनिक एकेडेमीमा एक दिने नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ रत्ननगरको आयोजना तथा स्कुल अफ डेन्ट्ल साइन्स चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा विद्यार्थीलाई लक्षित सो शिविर आयोजना गरिएको हो|

शिविरमा स्कुलका चार सय ५० विद्यार्थीले सेवा लिएको क्लबका अध्यक्ष मनिस बानियाँले जानकारी दिए। शिविरमा आएका विद्यार्थीहरुमा दात किराले खाने, दात निकाल्नु पार्ने र भर्नु पर्ने समस्यहरु देखापरेको चिकित्सकहरुले बताएका छन् । उक्त शिविरमा दाँत परीक्षण गराएका बिरामीहरुलाई चितवन मेडिकल कलेजले दन्त उपचारमा २०% छुट दिनेछ ।

सोही शिविरमा बालबालिकाहरुलाई मुख स्वास्थबारे सचेत समेत गराईएको कार्यक्रम संयोजक संजय पनेरुले जानकारी दिए। कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका पूर्वाध्यक्ष बुद्धराम जोशी, न्यु क्यापिटल कलेजका प्रधानाध्यापक भुपेन्द्र धिताल, क्लबका लगायत उपस्थित थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु