काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनको घोषणापत्रमा सस्तो लोकप्रियतालाई स्थान नदिने बताएका छन् । आगामी निर्वाचनको घोषणापत्र निर्माण समितिको संयोजकसमेत रहेका शर्माले बीपी जन्मजयन्तीको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा घोषणापत्रमा सस्तो लोकप्रियतालाई स्थान नदिने प्रतिबद्धता जनाएका हुन् ।
घोषणापत्र निर्माणका क्रममा स्थापनाकालमा बीपीले लेखेको दस्तावेज, ०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरुको अध्ययन गरिने बताए ।बीपीले परिकल्पना गरेको नेपाल र आजको नेपाली युवाको भावनालाई समेटेर घोषणापत्र तयार गरिने उनको भनाइ छ ।

