गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो : देउवा

एटुजेड समाचार

चितवन – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

आज (शुक्रबार) १०९ औं विपी जयन्तीको अवसरमा कांग्रेस चितवनले भरतपुरमा गरेको कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताएका हुन् । उनले गठबन्धनको विरोध पार्टी सिध्याउने षड्यन्त्र भइरहेको समेत बताए ।

उनले गठबन्धनविरुद्ध पनि अहिले षड्यन्त्र भइरहेको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धनको विरोध गर्नु पार्टी सिध्याउने षड्यन्त्र हो’, देउवाले भने ।

फरक प्रसङ्गमा उनले एमसीसी बारे भ्रम फैलाउने काम भएको बताए । ‘एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्थे । खोइ सेना आएको । एमसीसी बारे गलत प्रचार र भ्रम फैलाउने काम भयो’, उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु