देउवा र ओली आज एकैदिन चितवन आउँदै, के-के छन् कार्यक्रम ?

एटुजेड समाचार

चितवन – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै छन् ।

देउवा र ओली एकैदिन चितवन आए पनि कार्यक्रम भने फरक फरक छन् । देउवा कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि चितवन आउने लागेका हुन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जननायक विशेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अवसरमा ज्येष्ठ राजनीतिकर्मी सम्मान, द्वन्द्व पीडित व्यक्तिहरुको सम्मान र मरणेपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढी व्यक्तिलाई सो अवसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

यस्तै एमाले अध्यक्ष ओली मातृ शोकमा रहेका पार्टी उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न चितवन आउन लागेका हुन् । ओलीले बादललाई क्षेत्रपुरस्थित उनकै निवासमा गएर भेट्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु