चितवनको मञ्जुश्री दाना उद्योगमा आगलागी, डेढ करोडको क्षति

एटुजेड समाचार

चितवन – चितवनमा दाना उद्योगमा आगलागी भएको छ । चितवनको राप्ती नगरपालिका ३ स्थित नेपाल अण्डा उत्पादक संघका बरीष्ठ उपाध्यक्ष किरण भूषण सिंहले संचालन गरेको मन्जु श्री दाना उद्योगको गोदाममा आगलागी भएको हो ,

आज विहान पौने २ वजे विद्युत्त सर्ट भै आगलागी भएको र बारुणयन्त्र इलाका प्रहरी कार्यालय भण्डारा र स्थानीयको संयुक्त प्रयासमा विहान ३ : २० वजे नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगायतमा मा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारिले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू