नेपाल समाजवादी पार्टी चितवनको पुनर्गठन, अध्यक्षमा ढकाल

एटुजेड समाचार

चितवन – नेपाल समाजवादी पार्टी चितवनको पुनर्गठन भेला सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन भेलाले ९ सदस्यिय पदाधिकारी सहित ९९ जनाको समिति हुने गरी जिल्ला समन्वय समिति गठन गरेको हो ।

भेलाले अध्यक्षमा सुरेश ढकाल, उपाध्यक्षमा तुलाराम गुरुङ्ग, बिनोद शर्मालाई चयन गरेको छ ।

त्यस्तै सचिवमा राजेश्वर रेग्मी, सह- सचिवमा गौरी गुरुङ्ग, लेखनाथ भुषाल, खिमानन्द कंडेल, कोषाध्यक्षमा माया पोख्रेललाई चयन गरेको छ ।

कार्यक्रम नेपाल समाजवादी पार्टी चितवन जिल्ला इंचार्ज तथा केन्द्रीय सदस्य पदम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु