काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
बलात्कार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि क्यानले आज (बिहीबार) लामिछानेलाई निलम्बन गरेको हो ।
बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।


