अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न स्वीकृति

एटुजेड समाचार

चितवन – सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।

बाराको अमलेखगञ्जदेखि चितवनको लोथर र भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो ।

अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लोथरसम्मको पाइपलाइन विस्तारले भारतको मोतिहारीदेखि आमलेखगञ्ज हुँदै डिजेल र पेट्रोल चितवनको लोथरसम्म आइपुग्ने छ । यस्तै सिलुगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु