विपी जन्म जयन्तीको अवसरमा विरेन्द्र क्याम्पसमा रक्तदान

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) विरेन्द्र क्याम्पस इकाइ समितिले आज (बिहीबार) खुल्ला रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा एक सय एक जनाले रक्तदान गरेका थिए । जसमा ८० पुरुष र २१ महिला महिला थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले चितवनमा देखिएको रगतको अभाव पूर्तिका लागि नेविसंघ इकाइ ले रक्तदान कार्यक्रम गर्नु सर्हानिय भएको बताए । समाजको हरेक क्षेत्रमा नेविसंघ यसरी नै सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्व मन्त्री सावित्री बोगटी, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, सचिव धुर्व पोख्रेल, उपसचिव गोपाल दराई, प्रवक्ता अनमोल अधिकारीलगायत उपस्थित थिए । कार्यक्रम नेविसंघ विरेन्द्र क्याम्पस इकाइ सभापति कुमार जोशीको सभापतित्वमा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु