सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

एटुजेड समाचार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पक्राउ अनुमति दिएको हो ।

उनीविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर छन् । उनले नेपाल क्रिकेट संघ (क्यान) आफु निर्दोष रहेको भन्दै कानुनी उपचारमा सहयोग मागेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू