चितवनका एक युवक एक सय ६० किलोग्रामसहित पक्राउ

एटुजेड समाचार

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट ठूलो परिणाममा अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छ्न् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ चनौली का ४३ वर्षीय टेक बहादुर गुरुङ रहेका छन् । गुरुङलाई आज (बिहीबार) बिहान प्रहरीले करिब एक सय ६० किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो । बागझोराबाट कारलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो ।साथै कारमा सवार हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू