काठमाडौं – सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बनेको ११ सदस्यीय कार्यदलले अझै आफ्नो जिम्मेवारी पुरा गर्न सकेन । मंगलबारको बैठकले शिर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने तयारी थियो ।
तर बालुवाटारमा बसेको बैठकले भोलि पुन अर्को बैठक बसेर प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर काकीले जानकारी दिए । उनका अनुसार कार्यदल शिर्ष नेतृत्वले सुम्पिएको जिम्मेवारीअनुसार प्रतिवेदन लिपिबद्ध गर्न बाँकी रहेको छ ।



जिम्मेवारीको अनुसार कार्यसम्पादनको नजिक पुगेका छौं । भोलि ५ बजे बैठक बसेर शिर्षस्त नेतालाई प्रतिवेदन दिन्छौं । करिब करिब सहमतिको नजिकमा पुगेका छौं र यसलाई लिपिबद्ध गर्न बाँकी छ । त्यसलाई लिपिबद्ध गरेर नेतृत्वलाई दिनेछौ’, कार्कीको भनाइ छ । उनले प्रतिनिधि सभाको कार्यसम्पन्न गरिसकेपछि प्रदेश सभामा सहमति खोज्न सहज हुने बताएपनि के कति सहमति जुट्यो भन्ने खुलाएनन् ।