उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ: गगन थापा

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्।

संसदको कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरू हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए।

उनले संसदको प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए। ‘मनोनयन गरेसँगै सांसदको पद जान्छ। चुनावपछि अन्तिम मतपरिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरू हुने गरी अघि बढौं,’ थापाले भने।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू