चितवन – भरतपुरमा निजामती सेवा दिवस २०७९ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । आज (मंगलवार) डिभिजन वन कार्यालय चितवनको संयोजनमा भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर स्थित निर्माणाधिन प्रज्ञा स्मृती पार्कमा वृक्षारोपण गरिएको हो ।
प्रज्ञा स्मृती पार्कमा जाकाराण्डा, राजवृक्ष, तेजपात, म्याङ्गोस्टीक, कपुर, अगरउड लगायतका ११० वटा विरुवा रोपीएको थियो ।



जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा प्रमुख आतित्थ्यमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, वरण्डाभार वन संरक्षण क्षेत्रका प्रतिनिधि, सतनचुली सामुदायिक वन समुहका प्रतिनिधी लागाएतको सहभागिता रहेको थियो ।