काठमाडौं – जनता समाजवादी पार्टी नेपाल त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका नरसिंह चौधरीलाई सो पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापकमध्येका एक नेता चौधरीले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको साथमा रहेर लामो समय काम गरेका थिए । उनी नेपाल सद्भावना पार्टीमा निरन्तर उपाध्यक्ष पदमा रहेर काम गरेका थिए ।



राजपा र तत्कालिन समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपामा पनि नरसिंह चौधरी राजेन्द्र महतो समूहमा थिए । तर राजेन्द्र महतो महन्थ ठाकुरको साथमा अलग भएर लोसपा बनाएपछि नरसिंह चौधरी जसपामै बसेका थिए ।