नारायणी पुलबाट हामफालेर एक पुरुष बेपत्ता

चितवन – नारायणी नदीको पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन् ।
आज (मंगलबार) ९:१० बजे भरतपुर ३ स्थित नारायणी पुलबाट नाम थर खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुष नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धार टोली खोजी कार्यमा खटिएको छ । बेपत्ता पुरुष हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया