चितवन – नेकपा(माओवादी केन्द्र)को तर्फबाट चितवन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ निशा न्यौपानेको नाम सिफारिस भएको छ। निशा न्यौपाने वेपत्ता नेता दन्डपाणी न्यौपाने को छोरी हुन् ।
विध्यार्थी कालदेखिनै आफ्नो राजनैतिक यात्र शुरु गरेकी निशा २०५७ साल देखि पार्टिको पुर्णकालिन कार्यकर्ता हुन् । उनले जनयूद्वको समयमा कठोर यातना, सैनिक हिरासत र एक बर्ष जेल जिवन विताइसकेकि छन् ।



२०७० मा समानुपातिक उम्मेदवार समेत भइसकेकी निसा हाल नेकपा(माओवादी केन्द्र) भरतपुर महानगर को सचिवको रुपमा कार्यरत छिन् ।