मानव बेचबिखन दिवस : चितवनमा कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन

एटुजेड समाचार

चितवन – चितवनमा कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । आशिष सामाजिक सेवा नेपाल, हाम्रो भरोसा नेपाल र महिला शशक्तिकरण तथा परिवर्तनशिल समाज चितवनको संयुक्त आयोजना मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसको अवसरमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतीथी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, एसपी नवराज अधिकारीले मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी समस्याको रुपमा रहेको बताए ।

अहिले मानव बेचबिखनको पकृति पहिलोको तुलनामा फरक भएको बताए । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग, अशिक्षित र बेरोजगारहरु प्रलोभनमा परेर बेचबिखनको शिकार हुने उनको भनाइ थियो ।

उनले भने, ‘आर्थिक प्रलोभनमा परेर, छिटो र धेरै धन आर्जनको लोभमा बैदेशिक रोजगारीको नाममा मानव बेचबिखको परेका छन् ।’मानव बेचबिखन नियन्त्रणका लागि सरकारले शिक्षा र रोजगारीको बाटो खुलाईदिनु पर्ने उनको भनाइ थियो ।

महिला शशक्तिकरण तथा परिवर्तनशिल समाजका अध्यक्ष संगिता भट्टराईले मानव बेचबिखनका घटना बढ्दै गएको बताइन् । उनले मानव बेचबिखनविरुद्ध संस्थाले बिभिन्न अभियान चलाउदै आएको बताइन् ।

आशीष सामाजिक सेवा नेपालकी अध्यक्ष कल्पना सेन्चुरीले सामाजिक तथा आर्थिक कारणले मानव बेचबिखनको घटना हुँदै आएको बताईन् । आफ्नै आफन्त तथा सामाजिक सन्जालबाट मानव बेचबिखनमा पर्ने जोखिम हुने भएकोले सचेत हुनुपर्ने उनले बताईन् ।

भरतपुर ९ का वडा अध्यक्ष यमलाल कंडेलले मानव बेचबिखन नियन्त्रणमा सबैले जोड दिनुपर्ने बताए । यसका लागि तिनै तहका सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण सचेत हुनु पर्ने उनको भनाइ थियो । ।

मानव बेचबिखन बिरुद्द काम गर्ने विभिन्न अभियानमुलक संघ संस्थाको तर्फबाट बिषय बस्तुको उठान गर्दै हाम्रो भरोसा नेपालका संस्थापक सुर्यन्द्र चापागाईले कार्यपत्र प्रस्तुत गरेका थिए भने अधिबक्ता गोपिलाल देवकोटाले कानुनी बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको सभापतित्वमा सम्पन् भएको कार्यक्रममा मन्जु श्री असाहय संरक्षणकी अध्यक्ष मन्जु खाण, भरतपुर महानगरपलिका स्वास्थ्य शाखा प्रमुख शान्ता अधिकारी, माईती नेपाल चितवन जिल्ला संयोजक इस्वर गिरी लगाएतले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु