चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश

एटुजेड समाचार

चितवन – चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश गरेका छन् । (आईतबार) नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) नेपाल कम्युनिष्ट पार्टी (एमाले) तरुण दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

वाईसियल नेपालका केन्द्रिय सदस्य किरण सुनारको बिशेष पहलमा धन बहादुर मगरको नेतृत्वमा ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

No description available.

पार्टी परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

पछिल्लो समय चुनाव नजिकिएसँगै चितवनमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू