विरेन्द्र क्याम्पस समाजवादी विधार्थी युनियनको अध्यक्षमा क्षेत्री

एटुजेड समाचार

चितवन – विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको समाजवादी विधार्थी युनियनको अध्यक्षमा अजित राना क्षेत्री चयन भएका छन । आज (आईतबार) कलेज परिसरमा भएको तेस्रो एकाई सम्मेलनबाट क्षेत्रीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको हो ।

जसको उपाध्यक्षमा आशिष क्षेत्री, सचिव विविश श्रेष्ठ, सह- सहसचिवमा रामजि तामाङ र जनम श्रेष्ठ र कोषाध्यक्षमा डिम्पल गुरुङ चयन भएका छन् ।

May be an image of 13 people, people sitting, people standing and indoor

अनुरोध चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी विद्यार्थीको केन्द्रिय सचिव तथा नेसपा भरतपुर महानगरका अध्यक्ष अनुज जोशी क्याम्पसका शिक्षक, नेसपाका विद्यार्थीलगाएतको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू