चितवन – नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ बाट संघीय निर्वाचनका लागि रामप्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ ।
पार्टीको ३ नम्बर क्षेत्रीय कमिटिले जिल्ला अध्यक्ष न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको हो । चितवन ३ मा उनको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग हुने भएको छ ।
गत २०७४ सालको संघिय निर्वाचनमा एमालेकै साथ लिएर प्रचण्’ यो निर्वाचन क्षेत्रमा विजयी भएका थिए । न्यौपाने एमाले अध्यक्ष केपि ओलिका प्रिय पात्र मानिन्छन् ।