चितवन – नेकपा माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ ।
आज (आइतबार) बसेको माओवादी प्रदेश समिति बैठकले अधिकारीको नाम सर्वसम्मतले सिफारिस गरेको हो । अधिकारी माओवादी केन्द्र चितवनका जिल्ला संयोजक हुन् ।
यस्तै बैठकले चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरेको छ ।