एमालेद्धारा गोरखा २ बाट विवादास्पद गतिविधिमा संलग्न चक्रे मिलनको नाम सिफारिस

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेले गोरखा-२ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न चक्रे मिलनको नाम सिफारिस गरेको हो । उनीसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस भएको छ ।

ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका चक्रे मिलनले एमालेले सिफारिश गरेकाे हाे । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने माेहम्मम आफताब आलमलाई सिफारिश गरिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू