काठमाडौं – पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन हजार ४५० वटा नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ३२३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५२८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ ।