प्रचण्डको चुनावी कमाण्डर रेनु भन्छिन्: बल्ल कांग्रेसले प्रचण्डलाई गुन तिर्ने पालो आउँदैछ

एटुजेड समाचार

चितवन – नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज रेनु दाहालले नेपाली कांग्रेसले पुष्पकमल कमल दाहाल (प्रचण्ड) लाई गुन तिर्ने समय आएको बताएकी छन् ।

प्रचण्डको चुनावी कमाण्डर समेत रहेकी रेनुले आउँदो प्रतिनिधि सभा निर्वाचन कांग्रेसका लागि प्रचण्डलाई गुन तिर्ने मौका भएकी बताएकी हुन् । प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै मंसिर ४ को निर्वाचनमा कांग्रेसले त्यसको गुन तिर्नुपर्ने उनको भनाइ छ ।

‘अध्यक्ष प्रचण्डले पटक-पटक कांग्रेसलाई गुन लगाउनु भएको छ । शेरबहादुर देउवा ज्युलाई पनि प्रधानमन्त्री बनाउने, सरकारको नेतृत्व गर्ने सवालमा उहाँको जुन योगदान छ । हिजो बाम गठबन्धन भयो । बल्ल कांग्रेसलाई अध्यक्ष प्रचण्डलाई गुन तिर्ने पालो बल्ल आएको छ’, उनले भनिन् । उनले कांग्रेससँगको गठबन्धनले प्रचण्डलाई थप सहज हुने विश्वास समेत व्यक्त गरिन् ।

यस्तै प्रचण्ड चितवन निर्वाचन क्षेत्र ३ बाट नै चुनाव लड्ने समेत प्रष्ट पारिन् । चितवनको बिकासका लागि प्रचण्ड नै आवश्यक रहेको उनको भनाइ छ । प्रचण्ड चितवन ३ बाट नै चुनाव लड्नुपर्छ भन्ने जनताको माग रहेको उनले बताईन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू