दाहाल कल्याणकारी समाज चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न

भरतपुर – दाहाल कल्याणकारी समाज चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । (शनिबार) भरतपुरमा आयोजित सम्मेलनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले दाहाल एकताका लागि देश विदेशमा रहेका सबै दाहाल बन्धुहरू एकीकृत भएर लाग्नुपर्ने बताए । दाहालहरूको आपसी हित र सहकार्यका लागि आफूले सकेको सहयोग गर्ने पनि दाहालले बताए ।
सम्मेलनमार्फत दाहाल कल्याणकारी समाजको विधान निर्माण गरि सदस्ता वितरण र संस्था दर्ता गर्ने प्रक्रियाका लागि अधिवेशन बोलाउने विषयमा छलफल भएको छ । जसका लागि बाबुराम दाहालको अध्यक्षतामा २७ सदस्यीय तदर्थ समिति निर्माण गरिएको समाजका तदर्थ समितिका सहसचिव गुणराज दाहालले बताए ।
तपाइँको प्रतिक्रिया