कृष्णराजको स्वर र आभासको निर्देशनमा ‘लुकी लुकी’ (भिडियोसहित)

चितवन – गायक कृष्णराज भट्टको नयाँ गीत सार्वजनिक भएको छ । भट्टको आवाजमा रहेको ‘लुकी लुकी’ बोलको गीत आज (आइतबार) युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा भट्टलाई रश्मी विश्वकर्माले साथ दिएकी छन् । सार्वजनिक गीतको शब्द गायक भट्टले नै लेखेका हुन् । गीतमा संगीत संयोजन विशाल पौडेलको छ ।
सार्वजनिक गीतमा माया प्रेमको कथा देखाईएको छ । गीतको भिडियो आभास रानाले निर्देशन गरेका हुन् । रानाले नै भिडियो सम्पादन गरेका हुन् ।
रवि कोइरालाले खिचेको भिडियोमा पवन श्रेष्ठ, दीपा पाठक, वुद्धिमान गुरुङ, सानुबाबु पहरीलगायत फिचर्ड छन् । दीपाको यो दोस्रो भिडियो हो भने पवनले यही भिडियोबाट डेब्यु गरेका हुन् ।
भिडियो चितवनकै रमणियस्थल नारायणी नदी किनार, देवघाट, शिवघाटलगायतका क्षेत्रमा छाँयाकन गरिएको निर्देशक रानाले बताए ।
तपाइँको प्रतिक्रिया