आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

काठमाडौं – आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।
यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो । सुन चाँदीको मूल्य उतार चढाबका अन्तर्राष्ट्रिय कारणले नै भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।ठूला अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकहरुले नगद मौज्दातमा ब्याज वृद्धिको घोषणा गर्दा लगानीकर्ताहरु सुनभन्दा बैंक निक्षेपमा आकर्षित हुँदा सुनको भाउ अव मूल्ययन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया